बढुवा सिफारिस समितिले १३ जना एसएसपीलाई डीआइजीमा सिफारिस गरेको छ ।

समितिको मध्यरात बसेको बैठकले रामकुमार खनाल, मनोहरप्रसाद रिमाल, पूर्णसिंह खड्का, पुशपति उपाध्याय, देवेन्द्र सुवेदी, विजयलाल कायस्थ, मधुप्रासद पुडासैनी, माधवप्रसाद जोशी, केशरीराज घिमिरे, कमलसंह बम, मिङमार लमा, पंकज श्रेष्ठ र माधवप्रसाद नेपाललाई डिआइजीमा बढुवाका लागि सिफारिस गरको हो ।

प्रहरी नियमावलीले अहिले एसएसपी भएका ७५ जनालाई नै डिआइजी उम्मेदेवारको लागि योग्य बनाए पनि २०४३ र २०४४ ब्याचकाहरु प्रतिस्पर्धी रहेका थिए । सिफारिसमा परेकाहरु अधिकांश २०४४ ब्याचका हुन् ।

Please follow and like us:

Comments