एजेन्सी । ब्राजिलकी महिला नेतृ मारिया भिक्टोरियाले आफ्नो विवाह समारोहमा वामपन्थी प्रदर्शनकारीले विथोल्न खोजेको आरोप लगाउनु भएको छ । २५ बर्षीया मारिया ब्राजिलको पराना प्रान्तकी राज्यसभाकी सदस्य पनि हुनुहुन्छ । उहाँका पिता ब्राजिलियन राष्ट्रपति सम्मिलित सरकारको स्वास्थ्यमन्त्री हुनुहुन्छ ।

राष्ट्रपतिप्रति आफ्नो बुबाको समर्थनका कारण वामपन्थी प्रदर्शनकारीले विवाह समारोह विथोल्न खोजेको मारियाले आरोप लगाउनुभयो । शुक्रवार चर्चमा भइरहेको विवाह समारोह बाहिर सयौं प्रदर्शनकारी जम्मा भएर सरकार विरोधी नारा लगाइरहेका थिए ।

केही उग्रप्रदर्शनकारीले विवाह समारोहमा अण्डा फ्याँकेका थिए । प्रदर्शनकारी उग्र बनेपछि बेहुली मारियालाई गाडीमा राखेर चर्च बाहिर सुरक्षा दिएर बाहिर निकालेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments