काठमाडौं । ‘म यस्तो गीत गाउँछु’ चलचित्रले सार्वजनिक भएको सुरुमै दर्शकहरुको माया पाउन सफल भएको छ । जसले गर्दा शुक्रबार रिलिज भएको चलचित्रको बक्सअफिसमा राम्रो सुरुवात भएको छ ।

मल्टीप्लेक्समा चलचित्रले हाउसफुलको व्यापार सहित देशभरका हलमा ८० प्रतिशत अकुपेन्सी कायम गरेको हलवालाहरुले बताएका छन् । दर्शकहरुको मायाले उत्साहित पल शाह, पूजा शर्मा, सुदर्शन थापा लगायतको चलचित्र युनिट दर्शकहरुको प्रतिक्रिया बुझ्न शनिबार प्रमुख हलहरुमा पुगेका थिए । शनिबार बिहानैदेखि काठमाण्डौका सिंगल र मल्टिप्लेक्स हल दर्शकको उच्च चापले भरिएका थिए ।

सुदर्शन थापाको निर्देशन रहेको ‘म यस्तॊ गीत गाउँछु’ मा पल शाह, पुजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत,संजय लामाको छायाँकन, प्रितम पाण्डेको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रले दर्शकहरुको मन जितिरहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments