काठमाडौं । एसियन च्याम्पियनशीप छनौट प्रतियोगिता खेल्न युएई पुगेको नेपाली फुटबल टोली आयोज समक्ष निरिह बनेको छ । प्रतियोगिता अन्तरगतको आप्mनो पहिलो खेलमा नेपाल शुन्यका विरुद्ध ५ गोले पराजित भएको हो ।

पहिलो हाफमा नै ४–० ले पछि परेको नेपालले दोस्रो हाफमा भने एक गोल मात्र खायो । खेलमा नेपालले पहिलो हाफमा युएईको गोल पोष्टमा कुनै आक्रमण गर्न सकेन । खेलको आठौँ मिनेटमा नै गोलको खाता खोलेको युएईले २० आँै, २३ आँै र ३३ औँ मिनेटमा गरी पहिलो हाफमा ४ गोल ग¥यो । दोस्रो हाफमा युएईले एक मात्र गोल खेलको ६० आँै मिनेटमा ग¥यो ।

दोस्रो हाफमा केहि सुधारिएको खेल खेलेको नेपालले युएई विरुद्ध मात्र एक आक्रमण गर्न सक्यो । पहिलो हाफमा निकै आक्रामक देखिएको युएई दोस्रो हामफमा भने त्यति आक्रामक देखिएन । युएईका लागि अहमद हुैसैनले दुई गोल गरे । मोहम्म्द रासिद, खालिद अब्दुल रहिम र महोम्मद अलाकबेरीले एक एक गोल गरे । विमल घर्तीमगरको कप्तानीमा रहेको नेपाली टोली अर्को खेल सोमबार उज्वेकिस्तानसँग खेल्ने छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments