एजेन्सी । इन्डियानाकी एक महिलाले गत मे महिनामा ७ किलोग्राम भन्दा बढी तौल भएको बच्चालाई जन्म दिएकी छिन् । विटने ह्यालेटका अघिल्ला तीन सन्तानको तौल सामान्य नै थियो । गर्भमा रहेको पछिल्लो सन्तानको तौल बढी रहेको शंकामा नै उनि र उनका श्रीमान एडमण्ड बच्चाको सुरक्षित जन्मको लागि अस्पताल पुगेका थिए ।

सर्जरी मार्फत बच्चालाई निकालेका डाक्टर तथा नर्सले जब बच्चाको तौल लिए , सबैजना चकित भए । सर्जरी टिम, र उनका बाबु आमा सबैले बच्चाको तौल गलत आएको शंकामा तीन पटक तौलिए र तौल गर्ने काँटा जांच समेत गरे । र अन्तिममा बच्चाको तौल ७ किलो २ सय ग्राम नै रहेको निचोडमा पुगे ।

बच्चाको तौल असामान्य रहेकोले डाक्टरहरुले अस्पतालमा नै केहि दिन राखेपछि उनलाई अहिले डिस्चार्ज गरिएको छ । बच्चालाई नौ महिनाको बच्चाको कपडा लगाइदिने गरेको उनका आमा बुवा बताउँछन् । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था अहिले सामान्य छ । स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments