काठमाडौँ । शनिबार राति गोरखा, धादिङ र दैलेखमा दुईवटा भूकम्पको धक्का महसुुस भएको छ । दैलेखमा शनिबार राति १० बजेर २० मिनेटमा ४ म्याग्निच्यूडको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दैलेखको भवानी गाउँलाई केन्द्रबिन्दु बनाएर गएको यो भूकम्पको धक्का दैलेखका ग्रामीण इलाका, सुर्खेत र नजिकका अन्य जिल्लामा पनि महसुस भएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

शनिबारै राति गोरखा र धादिङको सिमानालाई केन्द्रविन्दु बनाएर परकम्प गएको छ ।शनिवार राति ९ बजरे ३२ मिनेटमा गोरखा र धादिङको सिमानालाई केन्द्रविन्दु बनाएर ३ दशमलव ८ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments