काठमाडौं । सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ । सरकार गठनको डेढ महिना पुग्नै लाग्दा अहिलेसम्म मन्त्रिमण्डल विस्तार हुन सकेको थिएन ।

सत्तारुढ दलले मन्त्रिपरिषद् विस्तारको तयारी थालेको लामो समय भइसके पनि अझै २३ मन्त्रालय मन्त्रीविहिन छ । मन्त्रालय बाँडफाँड तथा सरकारमा सहभागी हुने दलको टुंगो नलाग्दा सरकार विस्तार हुन नसकेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा पहिलो पटक ८ सदस्य मन्त्रिपरिषद्  गठन गरिएको थियो । सत्ता साझेदार नेपाली कांग्रेसबाट चार, माओवादी केन्द्रबाट तीन र नेपाल लोकतान्त्रिक फोरमबाट एक जना मन्त्रिमण्डलमा सामेल छन् ।  सत्तारुढ दलले आइतबार नै मन्त्रिपरिषद् विस्तारको टुङ्गो लगाउने तयारी गरेको स्रोतले बताएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments