काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधि भ्रष्ट नहुने बताउनुभएको छ ।

मुलुक चरम भ्रष्टाचारमा जकडिँदै गइरहेका बेला अध्यक्ष ओलीले एमालेबाट निर्वाचित स्थानीय सरकारका प्रतिनिधि स्वच्छ छविका भएका भन्दै उनीहरुबाट भ्रष्टाचार नहुने बताउनुभएको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिकाको पहिलो नगरसभालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वच्छ र पारदर्शी आफ्ना जनप्रतिनिधिले नगरलाई पनि स्वच्छ राख्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिका–गाउँपालिका हिजोको जस्तो संरचना र अधिकार क्षेत्रमा संकुचित नभएको भन्दै अध्यक्ष ओलीले स्थानीय सरकारको अधिकार प्रत्यायोजन भइसकेकाले सोही अनुसार काम कारवाही अघि बढाउन पनि उहाँले आग्रह गर्नुभयो ।

महालक्ष्मीको बजेट ४० करोड २५ लाख
पहिलो नगरसभा गर्दै महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७४÷०७५ का लागि ४० करोड २५ लाख २८ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ ।

आन्तरिक र बाह् गरी आय श्रोत व्यवस्थापन गरेको नगरपालिकाले चालु खर्चमा ७ करोड ४४ लाख ५० हजार , पूँजीगत तर्फ २२ करोड ४३ लाख ३४ हजार र ससर्त अनुदान तर्फ १० करोड ३७ लाख ४४ हजार रुपैया प्रस्ताव गरेको छ ।

नगरपालिकाले एकीकृत सम्पत्ती कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, दस्तुर र अन्य शुल्क गरी कुल आन्तरिक आय तर्फ ९ करोड ४८ लाख ५० हजार रुपैया हुने अनुमान गरेको छ । नगरपालिकाकाले कृषि तथा पशुपालन व्यवसायलाई प्राथमिकता दिदै एकीकृत नगरविकास गुरुयोजना अन्र्तगत एक घर एक विरुवा नितिलाई अङ्गिकार मेयर रामेश्वर श्रेष्ठले बताउनुभयो ।

वडा नम्बर १० को पहाडी क्षेत्रलाई फलफूल पकेट क्षेत्रको रुपमा घोषणा गरी कार्यान्वयनमा ल्याउने, धार्मिक तथा पर्यटकीय स्थलहरुमा ५ बर्षभित्र सौर्य वत्ती जडान गर्ने, २५ शैयाको सामुदायिक अस्पताल बनाउने, जेष्ठ नागरिक आवास गृह बनाउने लगायत सामाजिक विकासका कार्यक्रमलाई पनि नगरपालिकाले उच्च प्राथमिकतामा राखेको श्रेष्ठले बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments