काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ विजयी हुनुभएको छ। शनिबार सम्पन्न मतगणनापछि उहाँलार्इ विजयी घोषित गरिएको हो । उहाँले प्रतिस्पर्धी विमल ढकाललाई ९३ मतअन्तरले पराजित गर्नुभएको हो ।

यसैगरी संघको प्रथम उपाध्यक्षमा रामप्रसाद भन्तना, द्वितीय उपाध्यक्षमा भुवन गुरुङ , तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिवमा नरेश गेलाल, सचिवमा इश्वर जिसी र कोषाध्यक्षमा राधिका कटुवाल विजयी हुनुभएको छ ।

रोहन समुहबाट द्वितीय उपाध्यक्षकी उम्मेदवार सुवर्ण श्रेष्ठ र कोषाध्यक्ष रमिला ताम्राकार भने पराजित हुनुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments