राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालय, बिभाग तथा ठुला सार्वजनिक संस्थानका धेरै कर्मचारीले सरकारी नियम पालना नगरेको जनाएको छ ।

केन्द्रले धेरै कर्मचारी समयमा कार्यालयमा नजाने, निर्धारित पोशाक नलगाउने गरेको लगायतका समस्या रहेको जनाएको हो । केन्द्रले भाद्रको पहिलो साता विभिन्न २६ मन्त्रालय, ४७ विभाग तथा १० ठूला सार्वजनिक संस्थानमा आकस्मिक रुपमा अनुगमन गरी यस्तो निष्कर्ष निकालेको हो । अनुगमनका क्रममा २६ मन्त्रालयमा विद्युतीय हाजीरीको अवस्था प्रभावकारी नपाइएको, अधिकांश मन्त्रालयमा विद्युतीय हाजीरी प्रणालीमा समस्या आई बन्द रहेको केन्द्रले जनाएको छ ।

त्यस्तै केन्द्रले अनुगमनका क्रममा ३ सय ३३ कर्मचारी  अनुपस्थित रहेको, ८२ जना कर्मचारी निर्धारित पोशाकमा कार्यालयमा उपस्थित नभएको, विभिन्न विभागका २ सय ४३ जना जिल्लास्तरका कर्मचारीलाई काजमा केन्द्रमा पठाएको पाइएको छ ।

Comments

comments