विश्वकपमा हिजो भएको पहिलो खेलमा उत्कृष्ट पुनरागमन गर्दै बेल्जीयमले नाइजेरीयालार्इ २-१ हरायो । यो विश्वकपको ‘डार्क हाउस’ मानिएको बेल्जिययका खेलाडिले खेलको दशौं मिनेटमा नाइजेरीयाका खेलाडिलार्इ डि-बक्स भित्र लडाएपछि नाइजेरीयाले पेनाल्टिको अवसर पायो । पेनाल्टिको सदुपयोग गर्दै सोफिएन फेगहोउली गोल गर्दै नाइजेरीयाले २८ वर्ष पछि विश्व कपमा गोल गर्न सफल भयो । पहिलो हाफमा १-० ले अगाडि रहदै बेल्जियम माथी दबाब बनाएको नाइजेरीयाले ७० औं मिनेटमा पहिलो गोल खायो । ड्राइस मेर्टेन्सले गोल गरेर खेल बराबरीमा ल्याए । खेलको ८० औं मिनेटमा फेल्लानीले गोल गरेपछि बेल्जियम २-१ ले अगाडि रह्यो र आफ्नो पहिलो खेल जित्यो ।

अर्को खेलमा भनि आयोजक ब्राजिल ले मेक्सिको संग गोल रहित बराबरी खेल्यो । विश्वकपको प्रमुख दाबेदार ब्राजिलले मेक्सिकोसंग बराबरी खेलेपछि ग्रुप ‘ए’ बाट दोश्रो चरणमा जाने टिमको टुङ्गो अझै लाग्न सकेन । त्यस्तै अन्तिम खेलमा कोरीया र रसिया बिचको खेल १-१ को बराबरीमा सकिएको छ । अत्यन्तै प्रतिस्पर्धात्मक रहेको खेलमा पहिलो हाफ दुवै तर्फबाट गोल हुन सकेन । खेलको ६८ औं मिनेटमा कोरीयाले गोलको खाता खोल्यो तर त्यो खुसि ७४ औं मिनेटमा रसियाले बराबरी गोल गरेपछि मत्थर भयो । त्यसपछि कुनै गोल हुन सकेन र खेल बराबरीमा टुङ्गियो ।

आजको पहिलो खेल नेदरल्यण्ड्स र अस्ट्रेलिया बिच हुनेछ भने गएको विश्वकप जितेको स्पेनले जित्नै पर्ने खेलमा चिलीको सामना गर्नेछ । तेश्रो खेलमा क्रोएसिया क्यामरून विरूद्द उत्रिनेछ ।

Comments

comments