काठमाडौं । लोकप्रिय भारतीय हाँस्यकलाकार कपिल शर्माको कार्यक्रमका पछिल्ला भागहरुमा अर्की चर्चित कलाकार भारती पनि देखा परेकी छिन् । यो भन्दा पहिले कपिलका प्रतिस्पर्धी मानिने अर्का हाँस्यकलाकार कृष्णासंग कार्यक्रममा आउने भारती अहिले ‘ द कपिल शर्मा शो’ मा आउन लागेकी हुन् ।

 स्रोत 

यसै विषयलाई लिएर एक भारतीय संचारमाध्यमसंगको अन्तर्वार्तामा कृष्णाले आफूलाई दु:ख लागेको बताएका छन् । अन्तर्वार्तामा उनले भनेका छन् , ” भारती र म परिवारको सदस्य जसरि रही काम गरेका थियौं र कपिलको शोमा नजाने वाचा हामी दुवैले गरेका थियौं । भारतीले त्यो वाचा तोड्दा दु :ख लागेको छ । कपिलले आफ्नो नामबाट शोको नाम राखेका छन् र कसैको नामको शोमा केही मिनेटको अभिनय गर्न म जान सक्दिन । यही कुरामा नै भारती र मैले उक्त शोमा नजाने निर्णय गरेका थियौं ।”

कृष्णाले भारतीलाई शोमा लगेकोमा कपिलसंग कुनै गुनासो नरहेको र स्वस्थ प्रतिस्पर्धा गर्न आफू तयार रहेको समेत बताएका छन् । कृष्णाको शो ‘द ड्रामा कम्पनि’ आउंदैछ । स्रोत  

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments