काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलार्इ जोडेर सामाजिक सञ्जाल फेसबुकमा मनपरी लेख्ने नेपाल विद्यार्थी संघका एकजना कार्यकर्ता पक्राउ परेका छन् ।

तनहुँको बन्दिपुर निवासी नेविसंघ कार्यकर्ता विवेक बानियाँलार्इ प्रहरीले पक्राउ गरी कारबाहीका लागि राजधानी ल्याएको हो ।

राष्ट्रपतिका लागि १६ करोडको गाडी तथा सुरक्षा सामाग्री किन्नबारे नेपाली सेनाले बढाएको प्रक्रियामा प्रतिक्रिया दिँदै बानियाँले फेसबुकमा अश्लिल र अमर्यादित गाली गरेको अभियोग प्रहरीले लगाएको छ ।

हुँदै नभएको गाडी खरिद प्रकरणसँग जोडेर राष्ट्रपतिवारे फेसबुकमा मनपरी लेख्ने विवेक ट्रिनिटी कलेजका विद्यार्थी हुन् भने उनले यसअघि बन्दिपुरै नोत्रे दाम्स स्कूलमा पढेका थिए ।

प्रहरीका अनुसार साइबर क्राइमसम्बन्धी अपराधको दफा ४७ अन्तर्गत पक्राउ परेका सुनार र बानियाँलाई ५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुन सक्छ । उनलार्इ साइबर अपराधमा मुद्दा चलाउन काठमाण्डौ ल्याइएको हो ।

यसअघि राष्ट्रपति भण्डारीविरुद्ध फेसबुकमा जथाभावी लेखेको अभियोगमा एकजना पत्रकार पक्राउ परिसकेका छन् । गाडी खरिद प्रकरणसँग जोडेर अपमानजनक शब्द प्रयोग गर्ने प्यूठानका पत्रकार सोनुकुमार सुनारलाई प्रहरीले पक्राउ गरेर कारबाहीका लागि राजधानी ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले सुनारलाई प्रहरीले रेडियो तौलिहवाको स्टेशन बाहिरबाट पक्राउ गरेको थियो । उनले पनि अमर्यादित र अशिष्ट भाषाको प्रयोग गर्दै राष्ट्रपतिलार्इ गाली गरेका थिए ।

सुनारविरूद्ध विद्युतीय अपराध तथा सार्वजनिक अपराधमा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरी उपरीक्षक भोजजंग शाहले जानकारी दिनुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments