मकवानपुर । एक सय ३० तोला सुनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत मोतीहारी जटिहाती–९ बस्ने ३५ वर्षीय सुमन कुमारलाई १ सय ३० तोला (१० तोलाको १३ पिस) सुनसहित प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे स्थित चेक प्वाईन्टमा प्रहरीले काठमाडौंबाट बिरगंजतर्फ जाँदै गरेको ना.१ ज ४०२९ नम्बरको टाटा सुमो चेकजाँच गर्ने क्रममा कुमारको साथबाट उक्त सुन बरामद भएको प्रहरीले जानकारी गराएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments