एजेन्सी । विषालु जीवका रूपमा परिचित सर्पसँग जिस्कँदा एकजना युवकले ज्यान गुमाउनुपरेको छ । भारतको उतर प्रदेशस्थित सहारनपुर जिल्लामा भएको एक वैवाहिक कार्यक्रममा सर्पलार्इ गलामा हालेर नाच्दा एकजना युवकले ज्यान गुमाउनु परेको छ ।

साथीको बिहेको कार्यक्रममा नाच्ने क्रममा भेटिएको सर्पलार्इ गलामा हालेर बोक्न खोज्दा १९ वर्षीय युवाले ज्यान गुमाएका हुन् । समाचार अनुसार एक सर्पलार्इ आफ्नो गलामा हालेपछि ती युवालार्इ डस्न पुगेको थियो । सर्पले डसेपछि ती युवाको तत्कालै ज्यान गएको छ ।

उत्तर प्रदेशका पुलिस अधीक्षक प्रबल प्रताप सिंहका अनुसार सोमवार राति एक बजे थाना नानौताको ग्राम खुडानामा सुधीरको बिहेका क्रममा उनका साथी र नातेदार डिजेमा नाचिरहेका थिए । त्यहाँ रहेका बेहुला सुधीरका साथी सञ्जीवले सर्पलार्इ देखेपछि तुरून्तै टिपेर गलामा हाली नाच्न थालेका थिए ।

नाच्ने क्रममा एक पटक सर्प सञ्जीवको गलाबाट तल झरेको पनि थियो तर सञ्जीवले त्यसलार्इ फेरि टिपेर गलामा लगाउँदै नाच्न थाले ।

सिंहका अनुसार सञ्जीवको गलामा सर्प देखेपछि नजिक रहेका अन्य मानिसहरू त्यहाँबाट पछि हटे तर त्यही समयमा सर्पले सञ्जीवलार्इ विभिन्न ठाउँमा टोकिदियो । त्यसको केही बेरमै सञ्जीवको ज्यान गयो । त्यसपछि त्यहाँ रहेका मान्छेले सर्पलार्इ खेतमा लगेर फालिदिएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments