मेलबर्न । अष्ट्रेलिया विद्यार्थीहरुको लागि राम्रो गन्तव्य बनिरहेको छ । अष्ट्रेलियाको शैक्षिक गुणस्तर तथा कोर्सहरुमा विविधता विद्यार्थीहरुको आकर्षणको कारण बनेको छ । यहाँ ती विविध कोर्समध्ये विद्यार्थीहरुको मूख्य रोजाईमा परेका कोर्सहरु उल्लेख गरिएको छ :

१. इञ्जिनियरिङ्ग एण्ड टेक्नोलोजी

यो कोर्समा राम्रो पढाइ साथै करियरको अवसर छ । यस कोर्स अन्तर्गत रहेर विद्यार्थीहरुले डिजाइनिंग संगै सिभिल, इलेक्ट्रोनिक्स, अटोमेसन आदि कोर्स गर्न सक्छन् ।

२. म्यानेजमेन्ट

सबैजसो देशहरुमा करियरको अवसर रहेको यस कोर्स अन्तर्गत रहेर विध्यार्थीहरुले बुककिपिंग एण्ड अकाउन्टिंग, फाइनान्स, वर्ल्डवाइड बिजनेस म्यानेजमेन्ट, हुमन रिसोर्स, एड्भरटाईजिंग आदि कोर्स गर्न सक्छन् ।

३. इन्फर्मेशन टेक्नोलोजी

सुचना प्रविधि (इन्फर्मेसन टेक्नोलोजी) पनि राम्रो अवसर रहेको कोर्स हो । कलेज अफ मेलबर्न र अष्ट्रेलियन नेशनल युनिभर्सिटी आइटि पढाइ हुने विश्वका २० उत्कृष्ट युनिभर्सिटिमा पर्छन् ।

४. एजुकेशन एण्ड ट्रेनिंग

नयाँ प्रविधि र सिकाइका नयाँ तरिकाबारे अपडेट हुदै शिक्षणका नयाँ सुत्रहरु लागू गरिने हुँदा यहाँ एजुकेसन एण्ड ट्रेनिंग क्षेत्रको पढाइ राम्रो हुन्छ । र यहाँ शिक्षण पेशामा अत्यन्तै सम्मानजनक पेशा मानिन्छ र करियरको राम्रो अवसर छ ।

५. हस्पिटालिटी एण्ड टुरिजम

हस्पिटालिटी एण्ड टुरिजममा प्रयोगात्मक पढाइ हुने, नयाँ प्रविधिसंग साक्षात्कार हुने अवसर मिल्ने, अष्ट्रेलिया आफैमा पर्यटकीय देश हुनु, यस क्षेत्रको व्यवसाय अष्ट्रेलियामा तिव्र रुपमा विकास हुनु आदि कारणले गर्दा यो कोर्स विद्यार्थीहरुको लागि लाभदायक हुन सक्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments