काठमाडौं । काठमाडौंमा शुक्रवारदेखि अष्ट्रेलियन शैक्षिक मेला–२०७४ शुरु हुँदैछ ।

दरबारमार्गस्थित होटेल अन्नपूर्णमा शुरु हुने मेला शनिवारसम्म जारी रहनेछ । दुई दिने मेला परिवर्तन भैरहने अष्ट्रेलियाको ऐन, नियम कानुन र शिक्षा प्रणालीका बारेमा जानकारी लिन चाहने विद्यार्थी र अभिभावककालागि उपयोगी हुने आयोजकको भनाइ छ । साथै नेपाली विद्यार्थीहरु अष्ट्रेलिया गईसकेपछि के कस्ता अवसर र चुनौति छन् भन्नेबारेमा समेत मेलामा जनकारी दिइनेछ ।

मेलाको उद्घाट्न नेपालका लागि अष्ट्रेलियन राजदुत पिटर बडले गर्ने आयोजकले जानकारी दिएको छ ।

बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म अवलोकनकर्ताले निःशुल्क सुविधा लिन सक्ने व्यवस्था मिलाइएको छ ।

मेलाको आयोजना अष्ट्रेलियन एजुकेशन कन्सलट्यान्टस् एलायन्सले गरेको हो ।

Comments