एकीकृत माओवादी सहितका प्रतिपक्षी दलले आज पनि संसद अवरुद्ध गरेका छन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्नेलगायत माग राख्दै उनीहरुले संसद अवरुद्ध गरेका हुन् । संसद अवरुद्ध गर्नुअघि बोल्दै सभासद विजयकुमार गच्छदारले कांग्रेस र एमालेले बहुमतीय प्रणालीबाट संबिधान जारी गर्ने खेलमा लागेको बताउनुभयो । संबिधान सभापछि तीन दलबीच भएको चार बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग राख्दै एकीकृत माओवादी नेतृत्वको साना दल सम्मिलित गणतान्त्रिक मोर्चाले शुक्रबार पनि संसद अवरुद्ध गरेको थियो ।

विपक्षीको अबरोधका कारण संसद बैठक बुधबार सम्मको लागि स्थिगत भएको छ ।

Please follow and like us:

Comments