काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई पूर्ण सक्रिय बनाउन तत्काल कम्तीमा ५९ वटा कानुन, नियमावली तथा निर्देशिका बनाउनुपर्ने बताएको छ । तर, अभ्यासको क्रममा त्यस्ता कानुनको संख्या बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अहिलेसम्म स्थानीय तहका लागि १७ वटा निर्देशिका, आदेश, कार्यविधि र ऐन बनाएको छ । बाँकी ऐन–कानुन तथा नियमावली–निर्देशिका बनाउने काम भइरहेको प्रवक्ता रुद्रसिंह तामाङले बताए । स्थानीय तहको सभाले आफैँ बनाउने कानुन, नियमावली तथा निर्देशिकाको नमुना स्थानीय तहलाई दिइरहेको छ । देशभरका तहको ऐन तथा कानुन एकै प्रकृतिको बनाउन नमुना पठाइएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments