मेलबर्न । अष्ट्रेलियामा नेपालीहरुको संख्या बढेसंगै थरि-थरि जातजातिले नेपाली समुदाय यहाँ पनि सिङ्गारिएको छ । उनीहरुले आफ्नो मौलिक पहिचान र नेपालको विविध संस्कृतिलाई बचाईराख्न संगठनात्मक रुपमा एक भई विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गर्छन् ।

यसै क्रममा न्यु साउथ व्हेल्सको तामाङ समाजले पिकनिकको आयोजना गरेको छ। आगामी शनिबार अर्थात १५ जुलाईमा हुने कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, खानपिन, खेल आदिको मजा लिन सकिने आयोजकले बताएका छन् ।

पिकनिक बिहान ८ बजे ओलम्पिक पार्कमा हुनेछ ।

Comments

comments