काठमाण्डौ । लोकप्रिय हिन्दी टिभी कार्यक्रम ‘बिग बोस’ को नयाँ सिजनमा आउने प्रतिस्पर्धीहरुको नाम बाहिरिएको छ । सलमान खानले नै होस्ट गर्ने भनिएको शो को ११ औं सिजनमा सहभागी हुने १२ प्रतिस्पर्धीको नाम बाहिर आएको हो ।

भारतीय समाचारमाध्यमका ती १२ प्रतिस्पर्धीहरु प्रतिस्पर्धी यी हुनसक्नेछन्ः

रिया सेन- बलिवुड अभिनेत्री।

नंदीश संधू- ‘उतरन’ टेली श्रृंखलाका मुख्य पात्र।

निया शर्मा- टेली श्रृंखला अभिनेत्री।

ढिन्चक पूजा- यूट्यूबमा आफ्ना गीतका भिडियो राखेर चर्चामा आएकी ढिंचक पूजा पनि बिग बोसमा सहभागी हुनसक्ने बताइएको छ।

अंचित कौर- ‘स्वाभिमान’, ‘जमाई राजा’ जस्ता टेली श्रृंखलाकी अभिनेत्री।

जोया अफरोज- ‘हम साथ-साथ हैं’ मा नीलम र महेश ठाकुरकी छोरीको भूमिका निभाएकी जोया ‘पोन्ड्स फेमिना मिस इन्डिया २०१३ की सेकेन्ड रनर अप हुन्।

नवनीत कौर ढिल्लन- फेमिना मिस वर्ल्ड इन्डिया २०१३ की प्रतिस्पर्धी नवनीतले पन्जाबी फिल्म ‘अंबरसरिया’ र हिन्दी फिल्म ‘एकता’ मा काम गरेकी छन्।

मोहित मल्होत्रा- ‘बड़े अच्छे लगते हैं’ का अभिनेता।

मिस्टी चक्रवर्ती- ‘कांची’ र विद्या बालन की ‘बेगम जान’ मा मिस्टीले काम गरेकी छन्।

अभिषेक मलिक- एमटीवी स्प्लिटभिलामा देखा परेका थिए।

फलक नाज- फलकले ‘ससुराल सिमर का’ मा जाह्नवीको भूमिका निभाएकी छन्।

पलोमी दासः ‘सुहानी सी एक लड़की’ मा बेबीको भूमिका निभाएकी छन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments