काठमाडौं । नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यको २०४ औँँ जन्मजयन्ती आज नेपाल र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पुर्याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ ।

वि.सं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा जन्मिएका आचार्यले ’अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गर्नु भएको थियो ।

आदिकवि भानुभक्तका ‘प्रश्नोत्तर’ (१९१०), ’भक्तमाला’ (१९१०) ’वधूशिक्षा’ (१९१९), ‘रामगीता’(१९२५) तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन् । आचार्यले लेखेका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तका रुपमा प्रकाशन गरेर नेपाली जगतमा चिनाउनु भएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments