मेलबर्न । अष्ट्रेलियाको जनसंख्या केही वर्षयता तिव्र रुपमा वृद्धि भैरहेको छ । वातावरणविद पिटर मार्टिन र जेम्स वार्ड साथै पौल सटनले भने अष्ट्रेलियाको जनसंख्या अधिकतम १५ मिलियन हुनुपर्ने कुरा सार्वजनिक गरेका छन् । उनीहरुले अनुसन्धान गरि The Conversation, मा लेख प्रकाशन गरेर यस्तो कुरा बाहिर ल्याएका हुन् ।

युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाका मार्टिन र वार्ड तथा युनिभर्सिटी अफ ड़ेंवेरका सटनले अष्ट्रेलियाको तिव्र रुपमा वृद्धि भईरहेको जनसंख्या र अर्थतन्त्र वृद्धिका लागि चालिएका कदमले अष्ट्रेलियनको साँचो जीवनस्तर खस्किएको बताएका छन् । उनीहरुका अनुसार यसले अष्ट्रेलियाको वातावरण र जीवनशैलीमा असर गरिरहेको छ र भविष्यमा खतरनाक स्थिति निम्तिन सक्छ । यसका साथै उनीहरुले अहिले अष्ट्रेलियाको शैक्षिक स्थिति, सडक खतरा समेत बढिरहेको समेत उल्लेख गरेका छन् ।

अष्ट्रेलियाको हाल जनसंख्याको वार्षिक वृद्धि दर १.७ प्रतिशत देखिएको छ र सबैभन्दा धेरै जनसंख्या वृद्धि भएका सहरमा मेलबर्न, सिड्नी, ब्रिसबेन र पर्थ रहेका छन् । अष्ट्रेलियन नेशनल युनिभर्सिटीकी लिज एलेनका अनुसार यो वृद्धि प्राकृतिक रुपमा नभई बसाइसराइ गरि आउनेहरुका कारण भएको हो ।

यसका साथै विज्ञहरुले विश्वका अरु ठूला सहरमा भन्दा अष्ट्रेलियामा अझै पनि कम जनसंख्या भएकोले जनसंख्या नियन्त्रणको सम्भावना रहेको बताएका छन् । स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments