मेलबर्न । एक अष्ट्रेलियन लेखकले आफ्नो नेपाल यात्रा अनुभवलाई समेटेर किताब लेखेकी छिन्। आमाको मृत्यु पछि दु:खलाई बिर्सन नेपाल पुगेको प्रसङ्गमा उनले ‘जुलियट’स एन्जल ; डेथ, डिजायर, डेसटिनी’ किताबमा नेपालको वर्णन गरेकी हुन् ।

सम्पूर्ण तस्बिर स्रोत : http://shadowdancingwithmind.blogspot.com  

दुई पटक नेपाल पुगेकी लेखक जुलियट पावरले नेपालको सगरमाथा पुग्दाको अनुभव, हिमालहरुले मनमा बनाएको छाप, आफूमा ल्याएको बदलाव संगै अन्य प्राकृतिक सुन्दरता र नेपालीहरुको सुन्दर ढंगले वर्णन गरेकी छिन् ।

ती हिमालहरुलाई अनुभव गर्न पाउने मानिस भाग्यमानि भएको बताउंदै आफूलाई त्यो क्षेत्रमा पुग्न पाएकोमा भाग्यशाली महसुस भएको समेत बताएकी छिन् । साथै उक्त किताबमा भूकम्प पछि पुन:निर्माणमा जुटेका नेपालीहरुको कथा समेत समेट्ने प्रयास गरिएको छ ।

अष्ट्रेलिया र नेपालमा रहंदाको जीवन भोगाईको बारेमा लेखिएको किताबले नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने देखिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments