काठमाडौं । नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य तथा प्रदेश १ इन्चार्ज गोपाल किराती निर्वाचन अवधिभर आफ्नै कार्यक्षेत्रमा खटिए । सशस्त्र विद्रोहमा जति नै मेहनत स्थानीय तह निर्वाचनमा गरेको बताउने किरातीको प्रदेशमा पार्टीका लागि सन्तोषजनक नतिजा आएन ।

निर्वाचनमा अपेक्षाकृत नतिजा नआएपछि आगामी २ साउनमा बस्ने पार्टी सचिवालय बैठकमा उनले पार्टी सर्वहाराकरण गर्नुपर्ने र एमालेविरुद्ध कठोर वैचारिक संघर्षमा उत्रनुपर्ने माग बोकेर प्रस्तुत हुँदै छन् । ‘जनयुद्धकै जति चुनावमा खटियो तर सोचेजस्तो नतिजा आएन’ उनले राजधानीसँग भने, ‘अब पार्टी यहीँ तरिकाले चलेर नहुने भयो, संशोधनवाद तथा एमालेविरुद्ध वैचारिक संघर्षमा उत्रनुपर्दछ, पार्टी सर्वहाराकरण गर्नुपर्दछ ।’

अर्का हेडक्वार्टर सदस्य मणि थापा निर्वाचनमा अपेक्षाकृत नतिजा नआउनुमा प्रमुख कारण आन्तरिक नै रहेको ठान्छन् । ‘माओवादीले आफ्नो विचार र एजेन्डालाई जनतासम्म पु¥याउनैसकेन,’ उनले भने ‘उज्यालो नेपाल माओवादी नेतृत्व सरकारले ग¥यो । आर्थिक वृद्धिसहित विकासमा थुप्रै काम भए । यस्ता धेरै काम भए पनि जनतासम्म पु¥याउन सकेनौं ।’ पार्टी एकतालाई तल्लो तहसम्म पु¥याउन नसक्नुले पनि असर गरेको उनको भनाइ छ ।

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र तेस्रो दल भए पनि नतिजा भने सन्तोषजनक नभएको नेताहरूको विश्लेषण छ । चुनावअघि २ सयभन्दा बढी सिट जित्ने दाबी गर्ने माओवादी केन्द्रले दुई चरणको निर्वाचनमा गरेर सय सिटसमेत जित्न सकेन । माओवादी केन्द्रले पहिलो चरणमा ४६ र दोस्रो चरणमा ३८ सिट जितेको छ । पहिलो हुने एमालेले २ सय ७६ र दोस्रो दल बनेको कांग्रेसले २ सय २६ स्थानीय तहमा नेतृत्व जित्दा माओवादी भने सयभन्दा तल पुगेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments