एजेन्सी। अफगान शरणार्थी शिविरमा जन्मिएकी एक युवती आफै विमान उडाएर संसारको यात्रा गरिरहेकी छिन् । उनको यो कार्यले महिलाहरुलाई समेत आफ्नो सपनामा बाँच्नु पर्छ भन्ने सन्देश दिएको छ ।

२९ वर्षकी शाइस्ता वैज अफगानिस्तानकै पहिलो महिला पाइलट हुन् । उनी अब विमान उडाएर पुरै दुनियाँमा एक्लै घुम्ने महिलाहरुमा पहिलो महिला बन्न चाहान्छिन् । उनले आफ्नो यात्राको सुरुवात अमेरिकाबाट गरेकी थिइन् ।

अहिले अफगानिस्तानको काबुल शहरमा छिन् । काबुलस्थित स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै शाइस्ताले भनिन्, ‘मलाई यस शहरमा आएर एकदम खुशी लागिरहेको छ, जहाँ मेरो जन्म भएको थियो ।’ उनी भन्छिन्, ‘करीब २९ वर्ष भइसक्यो मैले आफ्नो परिवारसँग देश छोडेको । अब एउटा पाइलट भएर म यहाँ आउनु, महिलाहरुलाई प्रेरित गर्न पाउनु मेरो लागि गर्वको कुरा हो ।’

१९८७ सालमा अफगान र सोवियतसंघबीचको युद्धका बेला शाइस्ता वैजको परिवारै अफगानिस्तान छाडेर अमेरिका गएका थिए । त्यसै क्रममा शाइस्ताको जन्म एक शरणार्थी क्याम्पमा भएको थियो । उनको परिवारमा आमा र बुवाका साथै पाँच दिदी बहिनी पनि छन् । शाइस्ताका अनुसार कलेज पढ्दा नै उनलाई पाइलट बन्ने शोक थियो ।

उनी भन्छिन्, ‘आफै विमान उडाउनु एउटा सुखद अनुभुति हो । यो म आफैलाई पनि विश्वास लागि रहेको छैन की आफ्नो विमान म जहाँ चाहान्छु त्यहाँ लिएर जान सक्छु ।’ अहिले उनले एक गैर–नाफामुखी संस्था पनि स्थापना गरेकी छिन् । त्यसमार्फत उनी संसार भरमा विमान यात्रा गरिरहेका युवतीहरुलाई विज्ञान, इन्जिनियरिङ र गणित जस्ता विषयमा पढ्न प्रेरित गर्न चाहान्छिन् । शाइस्ता वैज आफ्नो परिवारमा पहिलो महिला हुन् जस्ले मास्र्टर्स डिग्री गरेकी छिन् ।

भन्छन् नी सपना जति नै ठूलो भए पनि पुरा गर्न कसैले रोक्न सक्दैन । शाइस्ताले मे १३ देखि फ्लोरिडाबाट आफ्नो यात्रा सुरु गरेकि थिइन् । अहिलेसम्म उनले १० वटा देशको यात्रा गरिसकेकि छिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments