एजेन्सी । अन्टार्कटिकामा रहेका सबैभन्दा ठूलामध्ये एक हिमखण्ड टुटेर छुट्टिएको वैज्ञानिकहरुले जानकारी दिएका छन् । युनिभर्सिटी अफ स्वान्सी, बेलायतका वैज्ञानिकरुले बुधबार लार्सन सी जमिनसँग जोडिएको हिमखण्डबाट एउटा विशाल हिउँको टुक्रो टुटेको पुष्टि गरेका हुन् ।

अन्टार्कटिकाको चौथो ठूलो लार्सन सी हिमखण्डबाट ५८ सय वर्ग किलोमिटर क्षेत्रफलको टुटेको हिउँको विशाल टुक्राको तौल मात्रै १० खर्ब टनभन्दा धेरै रहेको छ ।

समाचार अनुसार यो खण्ड गत सोमबारदेखि बुधबारको बीचमा टुटेको हो । टुटेको टुक्रो ३५० मिटर बाक्लो छ । वैज्ञानिकहरूले यो टुक्रोको नाम ए ६८ रहेको दाबी गरेका छन् ।

बढ्दो जलवायु परिवर्तनको असर अन्टार्कटिकामा देखिने क्रम सुरू भएको छ । अघिल्लो एक वर्षमा लार्सन सीमा देखा परेको दरार तीब्र गतिमा बढेर गएपछि हिउँयुक्त यो विशाल टुक्रो टुटेको हो ।

वैज्ञानिकहरूका अनुसार लार्सन सी हिमखण्डले यो विशाल टुक्रो छुट्टिएसँगै आफ्नो करिब १२ प्रतिशत भाग गुमाएको छ। यहाँका हिमखण्डहरु समुद्रमा तैरिए हुन्छन् तर यिनीहरू जमिनसँग पनि जोडिएका हुन्छन् । जमिनसँग जोडिएका हुनाले यहाँका हिमनदी सिधै समुद्रमा पुग्न सक्दैनन् ।

समाचार अनुसार लार्सन सी हिमखण्डमा रोकिएका हिमनदीहरु सिधै अन्टार्कटिका महासागरमा झरेको खण्डमा विश्वभरका समुद्रमा १० सेन्टिमिटरसम्म पानीको सतह बढ्ने दावी वैज्ञानिकहरूले गर्दै अाएका छन् ।

साधरण अवस्थामा हिमखण्ड टुक्रिने कुरालार्इ ठुलो घटना मानिँदैन । तर पछिल्ला केही वर्षदेखि निरन्तर बढेको तापक्रमले विशाल पहाड जत्रा हिमखण्ड टुक्रिने क्रम बढेको छ । पृथ्वीको तापक्रम बढिरहेकाले यस्ता हिमखण्ड टुक्रिने क्रम अझै जारी रहने वैज्ञानिकहरूको भनाइ छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments