काठमाडौँ । चीनबाट अवैध सुन ल्याएको सूचना पाएपछि हतार हतार पुगेको प्रहरी टोली अन्तिममा जिल्लिएको छ ।

चीनसँग जोडिएको रसुवागढी नाकाबाट ल्याइएको करिब ९ किलो अवैध सुन लुकाइएको सूचनाका आधारमा नागार्जुन नगरपालिकाको रामकोट पुगेर प्रहरीले ८ किलो ८ सय ८० ग्राम सुन जस्तो बस्तु बरामद पनि गर्यो ।

काभ्रेको काभ्रे बेथान गाउँपालिका–५ घर भएका २४ वर्षीय साईमन सोमनामलाई ९ थान बिस्कुटको आकारका करिब ८ किलो ८ सय ८० ग्राम सुन जस्तो देखिने बस्तुसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो । ९ थान विस्कुटसहित सोमनामलाई पक्राउ गरेपछि प्रहरीले अवैध सुन बरामद गरेको भनेर सञ्चारमाध्यमलाई समाचार पनि दियो ।

नागार्जुन नगरपालिका–५ रामकोटस्थित अमर कुवँर र विशाल केसीले जग्गा भाडामा लिई चलाएको तरकारी खेतीमा काम गर्ने सोमनामले सोही जग्गामा रहेको टहरामा सुन जस्तो पदार्थ अवैध रुपमा लुकाइराखेको सूचना प्रहरीले पाएको थियो ।

तर, अवैध सुन बरामद गरिएको सूचना दिएको प्रहरी अन्तिममा जिल्लिएको छ । बरामद गरिएको सबै बिस्कुट नक्कली भएको पुष्टि भएपछि प्रहरी जिल्लिएको  हो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी किशोर कुमार श्रेष्ठले बरामद भएको बिस्कुट नक्कली सुन प्रमाणित भएको बताउनुभयो । उहाँका अनुसार सुन भनिएको वस्तुको जाँच गर्दा नक्कली पुष्टि भएको डिएसपी श्रेष्ठले बताउनुभयो । सुन जस्तो भनिएको बस्तु ठगीका लागि प्रयोग गर्ने गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments