मेलबर्न । माइग्रेसन अर्थात बसाइसराइकालागि योग्य विश्वका मुलुकहरुमा अष्ट्रेलिया चौथो स्थानमा परेको छ ।

युएस न्यूज एण्ड वल्र्ड रिपोर्टले हालै सार्वजनिक गरेको तथ्यांक प्रतिवेदन अनुसार स्वीडेन माइग्रेसनकालागि विश्वकै सबैभन्दा उपर्युक्त देश रहेको छ । स्वीडेनपछि क्यानडा र स्वीजरल्याण्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको छ । अष्ट्रेलियापछि जर्मनी पाँचौं उपर्युक्त देशको रुपमा रहेको तथ्यांकमा उल्लेख छ । यस्तै नर्वे छैटौं स्थानमा रहेको छ भने अमरिका माइग्रेसनकालागि उपर्युक्त देशको सूचीको सातौं स्थानमा परेको छ । भारत सूचीको ७२ औं स्थानमा रहेको छ भने पुछार अर्थात ८० औं स्थानमा केन्या परेको छ ।

सामाजिक सुरक्षा,आर्थिक हैसियत र उपलब्ध अवसरका आधारमा यस्तो तथ्यांक सूची तयार पारिएको स्रोतलाई उल्लेख गर्दै एसविएस अनलाइनले जनाएको छ । साथै ती मुलुकहरुमा माइग्रेसन नीति, विश्व बैंक र संयुक्त राज्य संघको प्रतिवेदनलाई समेत आधार बनाइएको समाचारमा उल्लेख छ । यो सर्वेक्षणमा झण्डै २१ हजार जना सहभागी भएका थिए ।

विश्वमा हाल झण्डै २५० मिलियन अन्तराष्ट्रिय अप्रवासीहरु रहेका छन् ।

Comments

comments