काठमाडौं । तराईका आठ जिल्लामा रहेका सार्वजनिक स्थानमा ब्रोडब्याण्ड इण्टरनेट पु¥याउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्रिया अघि बढाएको छ । संघीय संरचना अनुरुप दुई नम्बर प्रदेशमा पर्ने सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा प्राधिकरणले ब्रोडब्याण्ड इण्टरनेट विस्तार गर्न लागेको हो ।

यसरी विस्तार गरिने इण्टरनेट सबै जिल्लामा दुई वर्षसम्म निःशुल्क उपलब्ध हुने प्राधिकरणले जनाएको छ । देशैभर ब्रोडब्याण्ड इण्टरनेट पु¥याउने सरकारी नीतिअनुसार प्राधिकरणले विभिन्न ठाउँमा अप्टिकल नेटवर्क विस्तार र ब्रोडब्याण्ड इण्टरनेट पु¥याउने कामलाई गति दिएको हो ।

तराईका आठ जिल्लालाई दुई भागमा विभाजन गरेर प्राधिकरणले आइतबारदेखि गणना हुने गरी अनुमति प्राप्त सेवा प्रदायकसँग फाइबर विस्तार र इण्टरनेट पहुँच पु¥याउन आवेदन माग गरेको छ । प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालका अनुसार दुई प्याकेजमा विभाजन गरिए पनि अप्टिकल विस्तार र इण्टरनेट पु¥याउने काम समानरूपमा अघि बढाइनेछ ।

इच्छुक सेवा प्रदायकले दुईओटै प्याकेजमा पनि आवेदन दिन सक्नेछन्’ उहाँले भन्नुभयो । प्राधिकरणले पहिलो प्याकेज अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी र दोस्रो प्याकेज अन्तर्गत सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला राखेर अप्टिकल बिछ्याउनुपर्ने सर्त राखेको छ ।

Comments