झापा । केही दिनयताको अविरल वर्षाको कारण आएको बाढीले जिल्लाका दुई सय ७७ घर जोखिममा परेका छन् ।

नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण ती घर जोखिममा परेका हुन् । रतुवा नदीमा बढेको पानीको बहाव कमल गाउँपालिका– ७ दक्षिण पाँच सय मि कटान गरेर बस्तीमा पस्न लागेको छ ।

खोला बस्तीमा पस्ने खतरा बढेसँगै त्यहाँ रहेका १ सय ५० घर जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । सो स्थानको निरीक्षणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

त्यस्तै मेची नदीमा पानीको बहाव बढेपछि भद्रपुुर नगरपालिका–३ स्थित भैँसाबाडीका १ सय २५ घर जोखिममा परेका भने मेचीनगर–१५ हेल्दुबारीमा निन्दा नदीले कटान गर्दा स्थानीयवासी दलबहादुर गुरुङलगायतका दुई घर जोखिममा रहेको रेडक्रसले जनाएको छ ।

असार २४ गते हडिया खोलामा पौडी खेल्न जाँदा बेपत्ता भएका एक बालकको शव मेची नदीको किनारमा सोमबार फेला परेको छ । मेचीनगर–१५ का नरबहादुर लिम्बूका १२ वर्षीय छोरा निशानको शव दुई दिनपछि फेला परेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments