काठमाडौं । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनौटको तयारीमा रहेको नेपाल र बंगलादेशबिच मैत्रीपूर्ण खेल मंगलबार हुँदैछ ।

खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ ।  नेपाली टोलीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले मैत्रीपूर्ण खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको बताएका छन् । उनले आउँदो हप्ता युएईमा हुने एसियन कप छनोटका लागि मंगलबारको मैत्रीपूर्ण खेलले सहयोग गर्ने बताए ।

त्यस्तै कप्तान विमल घर्ती मगरले १६ वर्षमुनि र १९ वर्षमुनि टोलीमा समावेश खेलाडी सहभागी भएकाले पनि तयारी राम्रो रहेको बताए । दिउँसो हुने खेल हेर्नका लागि टिकट बिहान १० बजेदेखि खुल्ला गरिएकोे एन्फाले जनाएको छ ।

२३ वर्षमुनिको एसिया कप छनौटमा आउँदो हप्ता नेपालले युएईमा घरेलु टोलीसहित, उज्वेकिस्तान र लेबनानसँग खेल्ने छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments