काठमाडौं । केही दिनदेखिको लगातार वर्षाका कारण तराई–मधेसका नदी जलाधारमा पानीको सतह बढ्दो क्रममा रहेको भन्दै बाढी पूर्वानुमान शाखाले सतर्क रहन सर्वसाधारणलाई सचेत गराएको छ ।

शाखाले सोमबार राति पनि लगातार वर्षाको सम्भावना भएकाले पूर्वी तराई–मधेसका नदी जलाधारमा पानीको सतह बढ्ने पूर्वानुमान गरेको छ ।

‘कन्काई नदीदेखि बाग्मती नदीसम्मको जलाधारमा पानीको सतह बढ्न गई बाढीको रुप लिने अनुमान छ,’ शाखाका बाढी पूर्वानुमानविज्ञ विनोद पराजुलीले भने, ‘त्यसैले सर्वसाधारणलाई सचेत रहन र सम्बन्धित निकायलाई पूर्वतयारीमा बस्न सूचना प्रवाह गरिसकेका छौं ।’

शाखाले नदी जलाधारको पानीको सतह र सम्भावित खतराबारे गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन केन्द्रलाई समेत सूचना प्रवाह गर्ने गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments