हुम्ला । १८ वर्षदेखि ओडारमा कष्टपूर्ण जीवन बिताइरहेकी वृद्ध गोला शाहीको उद्धार गरिएको छ । कुष्ठरोगी भएकाले गाउँले र घरपरिवारले उनलाई १८ वर्षदेखि ओडारमा राखेका थिए ।

शाहीको उपचारका लागि काठमाडौं पठाउन हेलीकोप्टरमार्फत सिमकोटसम्म उद्धार गरिएको छ । शाहीलाई ओडारबाट बोक्ने मानिस तथा घोडा नपाएकाले विभिन्न निकाय तथा व्यक्तिको सहयोगमा हेलिकोप्टरबाट उद्धार गरी सिमकोट पुर्याइएको छ । गत १५ असारदेखि राष्ट्रिय स्तरका सञ्चारमाध्यममा प्रकाशित र प्रसारित समाचारका कारण उनलाई सहयोग गर्न विभिन्न दातृ निकायको ओइरोसमेत लागेको पाइएको छ ।

उद्धारका लागि जिल्ला प्रशासन कार्यालयबाट ७ हजार, जिल्ला पशु सेवाबाट ३ हजार, जिल्ला समन्वय समितिबाट १ लाख, महिला तथा बालबालिका कार्यालयबाट ५ हजार, जिल्ला स्वास्थ्य कार्यालयबाट ७ हजार, इन्सेकबाट १ हजार र महिला कल्याण सेवाबाट ५ हजार गरी ४३ हजार हेलिकोप्टरको भाडा जम्मा गरेर उद्धार गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments