पश्चिम नेपालका थारु समुदायले निकै आस्था र विश्वास साथ मनाउने अट्वारी पर्व आज धुमधामसँग मनाउँदै छन् ।

अघिल्लो साँझ दर खाएका थारु समुदायले आज दिनभर पानी समेत नपिएर ब्रत बस्ने  गर्दछन् । पश्चिम नेपालका बाँके, बर्दिया, दाङ्ग, कैलाली कञ्चनपुरका थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउने गर्दछन् । थारु समुदायको यो प्रमुख पर्व मध्येको एक हो ।

आजै बेलुका पख घरका छुट्टै कोठामा लिपपोत गरेर चोखो रुपमा रोटी, पूरी पकाएर अट्वारी पूजा गर्ने चलन छ । अट्वारीमा रोटी काक्रा, दही, केरा, वेलौटीका अग्रासन झिकेर पूजा गर्ने परम्परा छ । भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी, भातको फरहार गरिन्छ । फरहार गरिसकेपछि आफना चेलीबेटीलाई  अग्रासन दिन जाने चलन रहेको छ ।

Comments