काठमाडौं । नागरिकहरुले आफ्नो गुनासो सोझै गृह मन्त्रालयसँग गर्न पाउने भएका छन । गृह मन्त्रालयले सोमबारदेखि गुनासो सुनुवाई गर्न मन्त्रालयमा छुट्टै टोल फ्री नम्बरको व्यवस्था गरेपछि अब नागरिकहरुले आफ्नो गुनासे गृहमन्त्रालयसँग राख्न सक्ने भएका हुन्  ।

नागरिकहरुबाट प्राप्त उजुरी र गुनासोको सुनुवाई गरी तत्काल समस्या समाधान गर्न मन्त्रालयमै टोल फ्री नम्बर १११२ यवस्था गरिएको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो । स्थानीय प्रशासनले नागरिकको गुनासो सुनुवाई गरे, नगरेको जानकारी लिने र बदमासी भए तत्काल कारबाही गर्ने गरी मन्त्रालयमै टोल फ्री नम्बरको व्यवस्था गर्नु परेको मन्त्री शर्माले स्पष्ट पार्नुभयो ।

गुनासो कक्षमा रहेको टोल फ्रि नम्बर १११२ मा फोन गरेर अथवा [email protected] मा इमेल गरेर गुनासो पठाउन सकिने छ । त्यस्तै मन्त्रालयको ट्विटर अकाउन्ट @mohagunaso मार्फत पनी गुनासो गर्न सकिने छ ।

टोल फ्री नम्बर सेवाको उदघाटनका क्रममा मन्त्री शर्माले जुम्लाका नागरिकको गुनासो सुनुवाई गर्दै तत्काल सम्बोधन गर्न स्थानीय प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिनुभयो । टोल फ्री नम्बरबाट जुम्लाका नागरिकले स्थानीय प्रशासनले सरकारी गाडी दुरुपयोग गरेको, स्थानीय निकायमा तल्लो तहकालाई माथिल्लो र माथिल्लो तहकालाई तहमा राखेर कर्मचारी व्यवस्थापन गरेको लगायतका गुनासो गरेका थिए ।

गुनासो तत्काल सम्बोधन गर्न मन्त्री शर्माले स्थानीय प्रशासनलाई निर्देशन पनि दिनु भएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments