काठमाडौं । चर्चित नेपाली सांगीतिक समूह नेपथ्यको अष्ट्रेलिया यात्रा शुरु भएको छ ।

शनिवार भिक्टोरियाको मेलबर्नको ‘प्लानेट सेकर्स’मा भव्य कन्सर्ट गर्दै नेपथ्यले यस पटकको अष्ट्रेलिया यात्राको शुभारम्भ रहेको हो । नेपथ्यले आफ्ना चर्चित गीतमार्फत मेलबनृका नेपाली दर्शकलाई नचाएको थियो ।

मेलबर्नको कार्यक्रमपछि विज्ञप्ति जारी गर्दै समूहका शीर्ष सदस्य अमृत गुरुङले दुई वर्ष अघि मेलबर्नको कार्यक्रम हुनु ठीक एक दिन अघि नेपालमा विनाशकारी भूकम्प गएको क्षणलाई स्मरण गरेका छन् । भूकम्पपछि अस्तव्यस्त बनेको नेपाली जनजीवन विस्तारै ताङ्रिदै गएपनि अहिले पनि वर्षाको समयमा बाढी र पहिरोको चपेटामा धेरै नेपाली परिरहेको उल्लेख गरेका छन् । त्यसैले विपतमा परेको नेपालीहरुको सहयोगकालागि हातेमालो गर्न सबै नेपालीसँग उनले अपिल समेत गरेका छन् ।

‘मेलबर्नपछि अब ब्याण्डको अर्को कन्सर्ट ‘साउथ अष्ट्रेलिया’ मा हुने तय भएको छ । साउथ अष्ट्रेलियाको प्रान्तीय राजधानी एडिलेडको मञ्चमा जुलाई १५ तारिखमा नेपथ्यको कार्यक्रम हुनेछ । यस वर्षको अष्ट्रेलिया यात्राको समापन भने सिड्नीमा जुलाई २२ तारिखका दिन हुनेछ ।

Comments