एजेन्सी। चार खाडी मुलुकले कतारलाई एक्ल्याउँदा भएको नोक्सानको कतारले एउटा अध्ययन समिति बनाइ क्षतिपूर्ति माग गर्ने भएको छ ।

कतारका सरकारी अभियोजक अली अलमारीले आइतबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा कतारमा रहेका निजी कम्पनी, सार्वजनिक सङ्घसंस्था र व्यक्तिबाट खाडी मुलुकको पछिल्लो निर्णयका कारण भएको व्यापारिक घाटाका विवरण जम्मा गर्ने र क्षतिपूर्ति दावी गर्ने बताउनुभयो ।

उहाँले केही विवरण पेश गर्दै क्षतिपूर्तिका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय संरचनालाई प्रयोग गरी क्षतिर्पूिर्त माग गर्ने बताउनुभयो । नव गठित समितिमा कतारका न्याय तथा विदेश मन्त्री पनि सदस्य रहेका छन् ।

साउदी अरब, युनाइटेड अरब इमिरेट्स, इजिप्ट र बहराइनले कतारले आतङ्कबादलाई सघाएको आरोप लगाउँदै कतारसँगको कुटनैतिक सम्वन्ध तथा हवाई, जमिन तथा जलमार्ग कतारसँग विच्छेद गरेको घोषणा गरेका थिए ।

कतारले उनीहरूले भनेझैँ आफ्नो मुलुकले कुनै आतङ्कवादी समूहलाई नसघाएको र उक्त समूहले कतारमाथि राखेका शर्त सार्वभौम मुलुकमाथि गरिएको अपमानजनक कार्य भएको आरोप लगाउँदै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments