अमेरिकाले सिरियासहित इराकको उत्तरी भूभागमा इस्लामिक स्टेट आइएस लडाकुको जातिहत्याविरुद्ध लड्न गठबन्धन बनाउन आह्वान गरेको छ ।

नेटोको शिखर बैठक बस्नुभन्दा एक साताअघि अमेरिकी विदेशमन्त्री जोन केरीले यस्तो गठबन्धन बनाउन जोड दिएका हुन् । उनले अमेरिकी नेतृत्वमा विभिन्न देशको गठबन्धन बनाउनु उपयुक्त हुने र गठबन्धनले आइएसविरुद्ध संयुक्त कारबाही गर्नुपर्ने उल्लेख गरेका हुन् । एक अमेरिकी कूटनीतिज्ञले रक्षामन्त्री चक हेगेलले नेटोे बैठकबीच युरोपेली सहयोगी राष्ट्रका रक्षामन्त्रीसँग भेट गर्ने जानकारी दिए ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले आइएस पराजित गर्न एकीकृत योजना तयार गरिरहेको बताएका छन् । आइएसले इराकसहित सिरियाको ठूलो भूभाग नियन्त्रण गरी स्वतन्त्र क्षेत्र ‘खलिफाट” घोषणा गरेको छ ।

Comments

comments