काठमाडौँ । अबबाट खाता नभएका बैंकबाट पनि सर्वसाधरणले रकम जम्मा गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको   मौद्रिक नीतिमा खाता नभएको बैंकबाट पनि सर्वसाधरणले पैसा जम्मा गर्न पाउने नयाँ नीतिबारे उल्लेख गरिएको छ ।

मौद्रिक नीतिले खाता नभएका बैंक तथा वित्तीय संस्थामा पनि पैसा जम्मा गर्न पाउने व्यवस्था गरेको हो । नगद लिएर आफ्नो खाता रहेको बैंकमा गई रकम जम्मा गर्नु पर्दा कारोबार लागत बढ्नुका साथै जोखिमको सम्भावना कम गर्न यस्तो व्यवस्था गरिएको हो ।

यो व्यवस्था अनुसार बैंकिङ सेवा तथा कारोबारलाई थप सरल एवम् सहज बनाउन ग्राहकले जुनसुकै बैंक तथा वित्तीय संस्थामा गई आफ्नो खाता रहेको बैंकमा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

दुगर्ममा जाँदा थप सुविधा

राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्था दुगर्ममा गए थप सुविधा दिने उल्लेख गरेको छ । ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था विभिन्न प्रदेशमा रहेका विकट तथा दुगर्म जिल्लामा सेवा प्रवाहका लागि शाखा खोले रु एक कारेड निब्र्याजी सापटी दिने व्यवस्थालाई निरन्तरता दिइएको छ ।

भोजपुर, ओखलढुङ्गा, मनाङ, रुकुम, सल्यान, जुम्ला, मुगु, हुम्ला, कालीकोट, डोल्पा, जाजरकोट, बझाङ, बाजुरा र दार्चुलाका सदरमुकामभन्दा बाहिर शाखा खोलेमा निश्चित अवधिका लागि त्यसखालको सापटी दिने व्यवस्था गरिएको हो ।

यस्तै, लघुवित्त सेवाको पहुँच कम भएका २२ जिल्लामा ‘घ’ वर्गका वित्तीय संस्थाले सदरमुकाम बाहेकका स्थानमा शाखा खोले रु ४० लाखसम्म निब्र्याजी सापटी प्रदान गर्ने नीति लिइएको छ ।

नयाँ खाता खोल्न प्रोत्साहन

केन्द्रीय बैंकले सबै नेपाली नागरिकलाई बैंक खाताको पहुँच पुर्याउने लक्ष्यका साथ बैंक तथा वित्तीय संस्थालाई प्रात्साहित गर्ने नीति लिएको छ । खाता नभएका नेपाली नागरिकको खाता आर्थिक वर्ष २०७४/७५ भित्र खोलेमा सम्बन्धित बैंक तथा वित्तीय संसथालाई प्रतिदुई हजार ५०० खाता बराबर रु एक करोड निब्र्याजी सापटी एक वर्षका लागि प्रदान गरिने उल्लेख छ ।

सबै तहमा बैंक

सरकारले आगामी आवका लागि संसद्मा प्रस्तुत गरेको बजेटमा उल्लेख भएको कार्यक्रमअनुसार ७४४ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्ने भन्ने कार्यक्रमलाई मौद्रिक नीतिले पनि आफ्नो प्राथमिकताको क्षेत्रमा राखेको छ । स्थानीय तहमा नै राज्यले प्रदान गर्ने सबै सेवा उपलब्ध हुने भएकाले त्यसतर्फ ध्यान दिइएको बैंकले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments