ह्याम्बर्ग । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प्र विदेश यात्राका क्रममा ठुलो अफ्ठेरोमा परेका छन् । जर्मनीको ह्याम्बर्गमा आयोजित जी-२० बैठकमा भाग लिन पुगेका ट्रम्प्रलार्इ त्यहाँ बस्नका लागि होटल नमिलेपछि तनाव भएको हो ।

समाचार अनुसार ह्याम्बर्गमा ट्रम्प्रका लागि ठुलो  होटल बुक गर्नमा धेरै समस्याको सामना गर्नुपरेको हो। ट्रम्प्रसँगै ह्याम्बर्गको भ्रमण गरिरहेका कर्मचारीहरूले जी-२० का नेतासँगको भेट भन्दा पहिले नै होटल बुक गर्न ढिलाइ गर्दा यो समस्या झेल्नुपरेको हो । त्यही कारण ट्रम्पलार्इ राख्नका लागि होटल नै नपाइएको हो।

जर्मनीको स्थानीय पत्रिका ह्यामबर्गर अबेन्डब्लाटका अनुसार फोर सिजन्स होटलले कोठा नभएको जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प्रको स्वागत गर्न इन्कार गरेको थियो । ट्रम्प्रलार्इ शहरको कुनै ठुलो होटलमा बस्ने अनुमति नमिलेपछि उनले त्यहाँबाट बाहिर निस्केर लज्जित हुँदै अर्को ठाउँमा  पुग्नुपर्यो ।

रोचक कुरा भनेको रियल स्टेटका दिग्गज डोनाल्ड ट्रम्प्र स्वयम् कयौँ  लग्जरी होटलका मालिक हून् । उनका होटल अमेरिकामा मात्रै नभएर विश्वका अन्य देशमा पनि रहेका छन् । तर जर्मनीमा भने उनका एउटै होटल छैनन् ।

बजफिड न्युजका अनुसार साउदी अरबका राजा सलमान र उनका कर्मचारी फोर सिजन्स होटल र ह्याम्बर्गका अन्य दुर्इ ठुला होटलमा बसेका छन् ।

होटल नपाएपछि ट्रम्प्र ह्याम्बर्गको सिनेट हाउस र उनका कर्मचारी शहरमै रहेको  अमेरिकी वाणिज्य दूतावासमा बसेका छन् । समाचार अनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पार्क हयातमा बसेका छन् । अर्कातिर ट्रम्पले जर्मनीमा रहँदा जी-२० समिटका अतिरिक्त सिरिया मामिलालार्इ लिएर पनि कुराकानी गर्ने भएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments