काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद महेन्द्र यादवले संविधान संशोधन एक हप्ताभित्र पास गराउने आधार सरकारसँग रहेको स्पष्ट पार्नुभएको छ ।

‘एक हप्ताभित्रै संशोधन प्रस्ताव पारित गराउने पर्याप्त आधारहरु छन्’, शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले भन्नुभयो, ‘प्रस्ताव पारित हुने पहिलो आधार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको निकासको सूत्र हो ।’

नेता यादवले प्रधानमन्त्री देउवासँग चमत्कार गर्ने खुबी रहेको पनि दाबी गर्नुभयो । ‘प्रधानमन्त्री शेरबहादुरजी चमत्कार गर्नुहुन्छ, उहाँले संशोधन प्रस्ताव पारित गर्नुहुन्छ, पास गराउने प्रक्रिया सुरु भइसकेको छ’, यादवले भन्नुभयो, ‘महाकाली सन्धि र सशस्त्र विधयेक त पारित गर्नुभयो, त्यसैले उहाँसँग खुबी छ ।’

सकेसम्म एक हप्ताभित्रै नभए तेस्रो चरणको स्थानीय तहको निर्वाचनको नोमिनेशन दिनुभन्दा अघि नै संशोधन प्रस्ताव पारित हुने उहाँको विश्वास थियो ।

त्यस्तै यादवले प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने सहमति एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गरेको बताउँदै सरकारले हतार गरेको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्नुभयो । ‘तेस्रो चरणको निर्वाचनपछि पास गर्दा राष्ट्रघाती नहुने, अनि त्यही प्रस्ताव अगाडि नै पास हुँदा कसरी राष्ट्रघाती हुन्छ ?’, यादवले भन्नुभयो ।

‘प्रधानमन्त्री शेरबहादुरजी चमत्कार गर्नुहुन्छ, उहाँले संशोधन प्रस्ताव पारित गर्नुहुन्छ, पास गराउने प्रक्रिया सुरु भइसकेको छ’, यादवले भन्नुभयो, ‘महाकाली सन्धि र सशस्त्र विधयेक त पारित गर्नुभयो, त्यसैले उहाँसँग खुबी छ ।’

उहाँले संविधानमा सर्वस्वीकार्य हुन नदिने एमालेको राण्नीति चाल चालेको समेत आरोप लगाउनुभयो । यादवले भन्नुभयो,‘एमालेको चाल भनेको नै संशोधनलाई सर्वस्वीकार्य हुन नदिने हो, एउटा पक्षले विरोध गरिरहोस भन्ने उसको चिन्तन छ, तर एमालेको रणनीति फेल हुन्छ।’ संशोधन प्रस्तावको पक्षमा भोट नहाले एमालेलाई इतिहासले कलंकको दाग बोकाउने समेत उनको आरोप थियो ।

उहाँले प्रधानमन्त्री देउवाले चमत्कार गरेर संशोधन प्रस्ताव पारित गर्ने बताउँदै बाँकी निर्वाचन पनि समयमै सम्पन्न गर्ने विश्वास दिलाउनुभयो । ‘हेर्दै जानुहोस्, देउवाजीले चमत्कार गर्नुहुन्छ, स्थानीय तहको तेस्रो चरणको निर्वाचन, प्रदेशको र संसद्को निर्वाचन उहाँले समयमै गर्नुहुन्छ’, यादवको जिकिर थियो ।

यादवले एमालेले अहिले गरिरहेको विरोधको राजनीति सरकारमा सहभागी हुने रणनीति मात्रै भएको टिप्पणी समेत गर्नुभयो । यद्यपि उहाँले एमाले प्रतिपक्षमै बस्नुपर्ने धारणा राख्नुभयो । ‘किनकि मुलुकमा बलियो प्रतिपक्ष पनि चाहिन्छ,’ उहाँले थप्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments