धरान । पाँच दिन अघि मतगणना सम्पन्न भए पनि घोषणा हुन नसकेको धरानको ९ र १० नम्बर वडामा पुनः गणनाको माग गर्दै नेपाली कांग्रेसले निर्वाचन कार्यालय अगाडी नाराबाजी गरेको छ ।

शनिवार बिहान कांग्रेसका नेता कार्यकर्ताहरूले पुनः गणनाको माग गर्दै नाराबाजी गरेका हुन् । प्रहरीले निर्वाचन कार्यालय परिसर धरान ८ स्थित सभागृहको गेट पूर्ण रूपमा खाली गराएको छ ।

सोमबार राति ११ बजे मतपरिणाम घोषणा गर्नुअघि पुनर्योग गर्ने क्रममा एउटाको मत अर्कोमा गणना भएपछि विवाद सुरु भएको थियो । तत्कालीन सयममा सङ्घीय समाजवादी पार्टीको मत नेकपा मालेको चुनाव चिन्हमा जोडिदिएको भन्दै विवाद सुरु भएको हो ।

बिहीबार पुन र्योग गर्ने क्रममा केही मत अन्य पार्टीमा जोडिएको र साना दलहरूका मतहरु गणना नभएको पाइएपछि काँग्रेसले पुन गणना गर्नुपर्ने माग गर्दै आएका छन् ।

काँग्रेसले निर्वाचन कार्यालय धरानलाई ९ र १० को पुनः मत गणना गर्नु पर्ने माग राख्दै ज्ञापन पत्रसमेत बुझाएको छ । ज्ञापन पत्र बुझाए लगत्तै नाराबाजी सुरु गरेका थिए । ९ मा एक सदस्य बाहेक एमाले प्यानलै र १० मा एमाले प्यानल विजयी बने पनि घोषणा हुन सकेको छैन ।

तस्बिर स्रोत : नागरिक न्युज 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments