काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले नेपाली जनताकै लगानीबाट हाइड्रोपावर बनाउन सकिने बताउनुभएको छ ।

योजनावद्ध ढंगले अघि बढेमा नेपालमा प्रशस्त जलविद्युत् आयोजनाको सम्भावना रहेको भन्दै उहाँले ती आयोजना नेपालीकै लगानीमा सम्पन्न गर्न सकिने बताउनुभएको हो ।

शनिबार रामेछाप–काठमाडाँै पत्रकार समाजले राजधानीमा गरेको अन्तरक्रियामा प्राधिकरणका कार्यकारी प्रमुख घिसिङले नेपालको पानी जनताको लगानी भन्ने नारालाई साकार बनाउँदै योजनावद्ध रुपमा नेपालीकै लगानीमा जलविद्युत् आयोजनाहरु निर्माण गर्न सकिने बताउनुभएको हो । उहाले नेपालीको साथै विदेशी लगानी भित्र्याउनका लागि पनि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्युत् ऊर्जामा आत्मनिर्भर हुदै निर्यात गर्नका लागि विद्युत् र पानी सञ्चय गर्ने प्रविधि सहितको योजना एक साथ अघि बढाउनुपर्नेमा प्राधिकरणका कार्यकारी प्रमुख घिसिङले जोड दिनुभयो ।

उहाँले लोडसेडिङको अन्त्य भए पनि गुणस्तरीय आपुर्ति, विद्युत् बचत, भोल्टेज अपडाउन, लगायत विषयमा अझै सुधार नआइसकेको बताउनुभयो । एउटै कोठामा बसेर शहरभरीको ग्राहकको बत्तिको स्वीच नियन्त्रण गर्ने किसिमको स्मार्ट प्रविधिमा जान सकेमा विद्युत् ऊर्जाको बचतको साथै आवश्यकता अनुसारको उपयोग गर्नबाट बन्चित हुनुनपर्ने उहाँको तर्क थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments