काठमाडौं । गुन्द्रुक नेपाली स्थानीय परिकार हो । गुन्द्रुकलाई तरकारीको रुपमा वा अचारको रुपमा बनि बनाउन सकिन्छ । यहाँ पिसेर बनाइने गुन्द्रुकको अचारको बारेमा चर्चा गरिएको छ ।
आवश्यक सामग्री (चार जनाको लागि) :
तोरीको गुन्द्रुक १ छटाक
तोरी तेल २०० मि.लि.
रातो खुर्सानी २ वटा
टमाटर ४ दाना(मझौला)
लसुन ठूलो ३ केस्रा
जिराको धुलो आधा चम्चा (सानो चम्चाको)
देशी सुपको धुलो आधा चम्चा (सानो चम्चाको)
कागती १ दाना
सानो धनियाँ २ मुठा (भुजुरी बनाएको)
बनाउने विधिः
— फ्राइपेनमा तेल तताउने र सफा गरेको गुन्द्रुक फुराउने र पिस्ने ।
— खुर्सानी र टमाटर आगोमा पोलेर लसुन समेत राखेर पिस्ने ।
— माथिका सबै सामग्री एकै ठाउँ मिक्स गरी कागतीको रस राखेपछि अचार तयार हुन्छ । साभार स्रोत
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.