मेलबर्न । अष्ट्रेलियामा विश्वकै सबैभन्दा शक्तिशाली लिथियम आयोन ब्याट्री बन्ने भएको छ । दक्षिण अष्ट्रेलियामा कार कम्पनि ‘तेस्ला’ र ऊर्जा कम्पनि ‘निओन’ संग सरकारले ब्याट्री निर्माणको लागि सम्झौता गरेको हो ।

तेस्ला कम्पनिका मालिक एलोन मस्कले गत शुक्रबार एडेलेडमा भएको कार्यक्रममा बोल्दै एक वर्ष भित्रमा ब्याट्री निर्माण हुने र १०० मेगावाटको हुने बताएका छन् । उनले आफूले अष्ट्रेलियाको ऊर्जा संकट कम गरिदिने दावी समेत गरे । तेस्ला कम्पनीले हाल कार संगै ब्याट्री पनि उत्पादन गर्दै आईरहेको छ ।

निर्माण हुने ब्याट्रीबाट इमर्जेन्सीको समयमा अतिरिक्त ऊर्जा लिन सकिने र यसको मद्दतले अष्ट्रेलियाको ऊर्जा स्रोतको संरक्षण गरि संकट घटाउन मद्दत गर्ने सरकारले विश्वास राखेको बताईएको छ । स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments