मेलबर्न । नेपाली पप गायक नरेन लिम्बुको गीत ‘मलाई भन्न आउँदैन’ नेपाली दर्शक श्रोताले अत्यधिक मन पराएको गीत हो । अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएका सन्जय सेन्चुरी लगायत टिमले गायक लिम्बुको एल्बम ‘नेपाली ठिटो’ मा रहेको उक्त गीतको कभर भिडियो बनाएका छन् ।

अष्ट्रेलिया बसेर पढ्दै गरेका संजय सेन्चुरीले भिडियोग्राफि, निर्देशन तथा छायांकन गरेको भिडियोमा अष्ट्रेलियामै रहेका विशाल भण्डारी र साइमन केसीको अभिनय रहेको छ ।

हेल्लो अष्ट्रेलिया टिभी मा मुख्य क्यामरामेनको रुपमा काम गर्दै आएका सेन्चुरीको यो निर्देशनको रुपमा डेब्यु भिडियो हो । भिडियोको बारेमा बोल्दै,  यो आफ्नो पहिलो प्रयास भएको र आउँदा दिनहरुमा अझै राम्रा म्युजिक भिडियोहरु बजारमा ल्याउने प्रयत्नमा लाग्ने उहाँ बताउनुहुन्छ।भिडियोमा प्रस्तोताले निकै नै मेहेनत गरि खिचेको देख्न सकिन्छ ।

मेर्लबर्नको रमणिय ठाउँहरुमा छायांकन भएको भिडियोको पोस्ट प्रोडक्सन बाबा फिल्म्सले गरेको हो ।

Comments

comments