काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा एक महिलाको पेटबाट ३५ किलोग्रामको गाँठो (ट्युमर) शल्यक्रियाको माध्यमले झिकिएको छ ।

रामेछाप गोठगाउँकी ४२ वर्षीया दिलमाया सार्कीको पेटको ट्युमरको शल्यक्रिया गरिएको हो । उनि करिब दुई वर्षदेखी ट्युमरको समस्याले थलिएकी थिईन् ।

दुई साताअघि शिक्षण अस्पतालले दिलमायाको ट्युमर निकालेर सकुसल उपचार गरेको छ । अस्पतालको दाबीअनुसार पाठेघर छेउछाउको तन्तुबाट पलाएर बनेको यति ठूलो ट्युमरको मुलुकमा यो पहिलो सफल शल्यक्रिया हो । यतिखेर दिलमाया स्वस्थ्य र तन्दुरुस्त हुँदै आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

शल्यक्रिया गर्नुअघि गाँठोलाई विभिन्न अंगबाट छुट्याउन उचाल्नुपर्दा डाक्टरहरुलाई हम्मे परेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments