काठमाडौं । भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएएपछि सुरु भएको विवादको विषयमा सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ सोमबारसम्मका लागि सरेको छ।

सवोच्च अदालतका न्यायाधीशद्धय मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सुनुवाई सोमबारका लागि सारेको हो । न्यायधीशद्धयले ‘मुद्धाको सुनुवाई एकैदिन नसकिने’ भन्दै  सार्नुभएको हो ।

महानगरको वडा नम्बर १९ को मतगणना अन्तिम चरणमा पुगेको बेला माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीले मतपत्र च्यातेपछि उत्पन्न विवादमा निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो । आयोगको निर्णय विरुद्ध वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान वि.क र अधिवक्ता तुलसी पाण्डेले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

रिटको प्रारम्भिक सुनुवाई गर्दैै सर्वोच्चले यसअघि असार २८ सम्म चुनाव नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो । तत्कालीन प्रधानन्यायधीशको पालामा न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासबाट अन्तरकालीन आदेश जारी भएको थियो ।

भरतपुर महानगरपालिकामा नगरप्रमुखमा देवी ज्ञवाली र सत्तारुढ गठबन्धनबाट पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल छोरी रेणु दाहाल प्रतिस्पर्धामा छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments