मेलबर्न । अष्ट्रेलियामा ट्याक्सको डर देखाएर ठगी गर्ने गिरोह सक्रिय भएको छ । दक्षिण अष्ट्रेलिया पुलिसले यस सम्बन्धि सचेत रहन सबैजनालाई आग्रह गरेको छ ।

ठगी गिरोहले तपाईंको ट्याक्स तिर्न बाँकी रहेकोले छिट्टै पक्राउ गर्न सकिनेछ भन्ने डर देखाउंदै फोन अथवा म्यासेज गर्ने र ट्याक्स फाइल नम्बर, कार्ड, व्यक्तिगत विवरण आदि माग्ने तथा व्यक्तिगत खाता नम्बर दिएर त्यसमा पैसा हाल्न लगाउने र विभिन्न एप्लिकेसन डाउनलोड गर्न समेत लगाउने गरेको पाइएको छ ।

यदि त्यस्तो कल वा म्यासेज आएमा त्यसको प्रतिउत्तर दिन नलागी सचेत भई ATO on 1800 008 540 मा वा स्थानीय प्रहरीलाई सम्पर्क गर्न प्रहरी अधिकारिहरुले आग्रह गरेका छन् । स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments